इन्टर मियामी ‘क्लब विश्वकप’ बाट बाहिरिए

काठमाडौं ।  लिओनल मेस्सीको क्लब इन्टर मियामी ‘क्लब विश्वकप’ बाट बाहिरिएको छ । एटलान्टामा भएको प्रि–क्वाटरफाइनल अन्तिम १६ मा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग ४–० को हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको पहिलो हाफमै पीएसजीले चार गोल गर्दै दर्ता गर्‍याे। अनमार्क रहेका जोआओ नेभेसले छैटौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे । त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे । ४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि गोल ३–० भयो ।

पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमन बन्द गरे । अब पीएसजीले शनिवार हुने क्वाटरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर