सावित्रा भण्डारी महिला फुटबल टिमको कप्तान

काठमाडौं । नेपाली महिला फुटबल टिमको कप्तानमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई नियुक्त गरिएको छ । उनले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलबाट कप्तानमा डेब्यू गरेकी हुन् ।
एन्फाले नेपालको प्लेइङ–११ सार्वजनिक गर्दा कप्तानको रूपमा मिडफिल्डर रेनुका नगरकोटे भएको उल्लेख गरिएको थियो । तर, एन्फाले केही छिनमै आफ्नो सूचना सच्याएको छ । आजको खेलमा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा बेञ्चमा छन् । उनी बेञ्चमा रहेपछि अञ्जना रानामगरले गोलकिपरको जिम्मेवारी पाएकी छन् ।
प्रतिक्रिया