प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । आज शनिबार बसेको प्रतिनिधिसभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।

बैठकमा रास्वपा सांसद गणेश पराजुलीले आफूहरूको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बेला राप्रपा र रास्वपा दुवै दलका सांसदहरू संसदबाट बाहिरिएका छन्।

रोशन कार्कीको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् । उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर