अब अमेरिकाको धर्तीमा जन्मनेबित्तिक्कै नागरिक नठहर्ने फैसला

काठमाडौं ।  अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको पक्षमा फैसला सुनाएको छ ।

सर्वोच्च अदालतबाट हिजो भएको आदेशलाई राष्ट्रपति ट्रम्पको पक्षमा एक महत्त्वपूर्ण फैसला मानिएको छ । सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो ।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले गएको जनवरी २० तारिखमा आफ्नो शपथको दिन एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएको थियो । तर यो आदेशलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए । सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई अब कम्तिमा हालका लागि अमेरिकी भूमिमा जन्मेका सबैलाई जन्मसिद्ध नागरिकता नदिने ढोका खोलेको छ ।

बीबीसीका अनुसार अब यसअघिको आफ्नो योजना कार्यान्वयन गर्नुपर्ने ट्रम्प प्रशासनका लागि यो सहज काम नभएको विश्लेषण गरिएको छ । सर्वोच्चको फैसलापछि नागरिकता विषयमा तल्ला अदालतका न्यायाधीशको अधिकार सीमित भएको छ । जसले गर्दा उनीहरूले ट्रम्पलाई रोक्न कठिन हुनेछ । अदालतले अहिले पूर्ण निर्णय सुनाइसकेको छैन । तर ट्रम्पले यो फैसला आफूले हासिल गरेको ठूलो जितका रूपमा लिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर