कांग्रेसको १५ औँ महाधिवेशन समयमै गर्न नेता शेखरको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन समयमै गर्नको लागि नेतृत्वलाई सोध्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँको आयोजनामा भएको प्रजातन्त्र सेनानी आवाज स्मारिका विमोचन कार्यक्रममा उनले भने, “क्रियाशील सदस्यताको बहाना बनाउदै १५ औँ महाधिवेशन पछाडि धकेल्न खोजिएको छ ।” कोइरालाले कर्मचारीहरूका लागि कुलिङ पिरियड जसरी भए पनि कार्यान्वयन गरेर छाडिने बताए । विदेशमा समेत कुलिङ पिरियडको अभ्यास रहेको कारण नेपालमा पनि कुलिङ पिरियड राख्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।

क्रियाशील सदस्यको विषयलाई लिएर पार्टीको महाधिवेशन समेत सार्ने प्रयास भएको कारण कार्यकर्ता एवं नेताले समयमै अधिवेशन गर्नको लागि आवाज उठाउनुपर्ने उनको भनाइ थियो । वर्तमान सरकारले सात बुँदे सम्झौताअनुसार काम नगरेको कोइरालाको गुनासो थियो । उनले आफूले अवसर पाएको खण्डमा सुशासनसमेत कायम गर्ने सामर्थ्य रहेको समेत दाबी गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर