रास्वपाको दैनिकी : प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सोमबार बसेको प्रतिनिधिसभाको बैठक पनि बहिष्कार गरेको छ । आज प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नाराबाजी गर्दै रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै रास्वपाले १३ जेठयता संसदमा निरन्तर विरोध गर्दै आएको थियो । रास्वपाले प्रतिनिधिसभाको बैठकमा प्रायःजसो विरोधको शैली परिवर्तन गर्दै आएको छ । उनीहरू कहिले पलेँटी कसेर बस्नछन् भने, कहिले किताब अध्ययन त कहिले नारबाजी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर