प्रतिनिधिसभामा रास्वपाको विरोध जारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र छानविन समिति गठन गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आज पनि बैठक कक्षबाट बाहिरिएका छन् ।
आज बैठकमा उनीहरू मौन बसेर उभिरहेका थिए । करिब साढे एक घण्टासम्म उभिएर विरोध जनाएपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका हुन् । रास्वपाले आफ्नो मागको सुनुवाइका लागि गत जेठ १३ गतेयता निरन्तर प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै आएको छ ।
प्रतिक्रिया