अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ। उनीहरूबीच ३५ मिनेट लामो कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कुराकानीमा प्रधानमन्त्री मोदीले भारतको आतंकवादविरोधी कारवाहीहरू, विशेषगरी अपरेशन सिन्दूरको बारेमा विस्तृत रुपमा छलफल गरेका थिए। यस क्रममा प्रधानमन्त्री मोदीले सैन्य कारवाही रोक्ने विषयमा भारत र पाकिस्तानबीच प्रत्यक्ष छलफल भएको स्पष्ट पारेका थिए। तर, भारत र पाकिस्तानबीच युद्धविरामपछि ट्रम्पले आफ्नो मध्यस्थताका कारण दुई देशबीच युद्धविराम भएको बताएका थिए ।
भारतीय विदेशी सचिव विक्रम मिश्रीले प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको बताएका छन्। मिश्रीका अनुसार प्रधानमन्त्री मोदी र राष्ट्रपति G7 शिखर सम्मेलनमा भेट्ने कार्यक्रम थियो तर, राष्ट्रपति ट्रम्प चाँडै अमेरिका फर्किनु परेपछि उनीहरूबीच भेट हुन सकेन। यसपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा दुई नेताहरूले आज फोनमा कुराकानी गरेका हुन्।
विदेशी सचिव मिश्रीले भने,’उनीहरूबीच लगभग ३५ मिनेट छलफल भएको थियो। जसमा पहलगाम आतंकवादी हमला,’अपरेशन सिन्दूर’ र त्यसपछिको भारत-पाकिस्तान तनावका बारेमा छलफल भएको हो।’
मिश्रीले अप्रिल २२ मा पहलगाम आतंकवादी हमला लगत्तै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोनमा आतंकवादविरुद्ध भारतको लडाइँलाई समर्थन जनाएका थिए। त्यसपछि आज दुई नेताबीच कुराकानी भएको हो। त्यसैले प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दूरका बारेमा विस्तृत रुपमा कुराकानी गरेका हुन्।