इरानको आकाशमा अमेरिकाको पूर्ण नियन्त्रण : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानको आकाशमा अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै इरानसँग ‘अत्याधुनिक’ ट्र्याकिङ र सुरक्षात्मक प्रविधिहरु भए पनि ती अमेरिकी प्रविधिसँग दाज्नयोग्य नभएको बताएका छन्।

अमेरिकाको ‘बनाइएको, सोचेको र निर्माण गरिएको’ प्रविधि भन्दै त्यसलाई विश्वमै उत्कृष्ट भनेर ट्रम्पले भने, ‘निःशर्त आत्मसमर्पण’। ट्रम्पको यो अभिव्यक्तिलाई पछिल्लो समय अमेरिकालाई इजरायलले हमला गर्न सहयोग गर्न आग्रह गरेकोलाई साथ दिएको कोणबाट व्याख्या गरिएको छ । अमेरिकाले इरानी भूमिमा कुनै आक्रमण गरेको समाचार सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर