सदनमा दादागिरी बन्द गर्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । आजको प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको वेल घेराउको वावजुद सभामुख देवराज घिमिेरेले बैठक सञ्चालन गरेका छन् ।
रास्वपा र राप्रपाका सांसदहज्ञको नाराबाजीकै बिचमा सभामुख घिमिरेले अर्थमन्त्रीलाई बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । यसअघि सदनको शून्य समय र आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबिच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाए ।
उनले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए । उनले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताए । उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गरे ।
उले भने, ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ र ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।’
रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? : घिमिरे
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाए । उनले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।