संसदीय गतिरोध हटाउन माओवादी तयार

काठमाडौं ।  प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र संसदमा जारी अवरोध खुलाउन तयार भएको छ । सत्तापक्ष भिजिट भिसा छानबिन समितिको को सुनिश्चिततासहित माओवादी केन्द्रले सदन खुलाउन तयार भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवादी केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधिसभामा जारी अवरोध खोल्न तयार भएको हो ।

कांग्रेस, माओवादी र समाजवादीका नेताहरूबिच भएको छलफलमा यस्तो सहमति भएको बताइन्छ । तर, संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने तयार भइसकेको छैन । रास्वपालाई सहमत गराउन कांग्रेस नेताहरूले छलफल गरिरहेको पनि बुझिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर