नेपालले आज स्कटल्याण्डविरुद्धको दोस्रो खेल खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला न्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूहको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपालले एक विकेटको जित निकालेको थियो ।

नेपाल आज सोही खेल दोहोर्‍याउने पक्षमा हुँदा स्कटल्याण्ड सुरुवाती हारको बदला लिने लक्ष्यमा हुनेछ । दुवैले आफ्नो पछिल्लो ५ खेलमा ३/३ जित निकालेका छन् । स्कटल्याण्ड १८ खेलबाट २२ अंकसहित तालिकाको चौथो स्थानमा रहदा नेपाल १४ खेलबाट १० अंकसहित तालिकाको सातौ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर