प्रतिनिधिसभामा विपक्षी दलको अवरोध बैठक भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बिहीबारको बैठक पनि स्थगित भएको छ। विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे । आज पटक–पटक समय सारेर करिब ५ बजेर ३० मिनेट जाँदा बैठक सुरु भएको थियो ।
बैठक सुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले पटक–पटक बैठक सुचारु गर्न आग्रह गरेपनि नमानेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आज सत्ता पक्षका सांसदहरुले पनि उठेर बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । समसामयिक र बजेटमाथि छलफल गर्न नपाइएको भन्दै संसदलाई बन्धक बनाउन नपाउने तर्क सत्ता पक्षीय सांसदहरुले गरेका थिए ।
प्रतिक्रिया