गृहमन्त्रीको राजीनामाबारे विपक्षी दल नरम बन्दै

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिहेका प्रतिनिधिसभाका विपक्षी दलहरू गतिरोध अन्त्यका लागि नरम बन्ने भएका छन् । पिवक्षी दलहरू आज काठमाडौंमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा भएका बदमासीबारे छानबिन समिति गठन गर्न सरकार तयार भए लेखकलाई संसद्मा बोल्न दिने विषयमा ग्रिन सिग्नल दिन तयार भएको सम्बद्ध पक्षले बताएका छन् ।
गृहमन्त्रीका विषयमा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादीलगायत दलहरूसँग छलफलको तयारी भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सत्ता पक्षले जबरजस्ती संसद् चलाउँछौँ भनेर प्रतिपक्षसँग सधैँका लागि सम्बन्ध खराब बनाउने कोसिस गर्दै हुनुहन्छ । यो कुरा नगर्नोस् । संसदमा रहेका दलहरूको एक नम्बरका नेता छाडेर दोस्रो तहका नेताहरूसँग बसेर छलफल गरौँ । गतिरोध अन्त्य गरौँ’, सञ्चारकर्मीसँग पाण्डेले भने ।

उनले भने, “गृहमन्त्रीले संसदमा आएर बोल्ने । बोल्न दिने सिलसिलामा हामीले छानबिनको कुरा उठाइराखेका छौँ । त्यसलाई कुन भाषामा सम्बोधन गर्न सकिन्छ ? यो केही पनि होइन भन्न पाउन हुन्न । यसअघिका गृहमन्त्रीको पालामा पनि भिजिट भिसामा मानव तस्करी भएर कलङ्क भएको छ । जुन किसिमको अपराध भएको छ, त्यसलाई जरैसँग पत्ता लगाएर छानबिन गरौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर