आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो

काठमाडौं ।  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले  अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ । मंगलवार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई छ रनले हराउँदै १८औँ सीजनको विजेता बन्न सफल भयो । फाइनल खेलमा पञ्जाबले १ सय ९१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १ सय ८४ रनमै सीमित भयो ।

आरसीबीका विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने जितेश शर्माले १० बलमा २४ रनको आक्रामक इनिङ खेले । बलिङतर्फ क्रुणाल पाड्याले १७ रन दिँदै दुई विकेट लिए भने भुवनेश्वर कुमारले पनि दुई विकेट लिए । पञ्जाबका अर्शदीप सिंह र काइल जेमिसनले समान तीन विकेट लिए । खेल सकिएपछि विराट कोहली भावुक हुँदै मैदानमै रोएका थिए । उनले घुँडामा टेकेर भगवानलाई धन्यवाद दिए । त्यस क्षणको प्रतिक्षा विराट र उनका समर्थकहरूले १८ वर्षदेखि गरिरहेका थिए । यो उपाधि विराट कोहलीको लागि भावनात्मक रूपमा विशेष रह्यो, किनभने १८ वर्षपछि उनको टिमले पहिलो पटक आईपीएल उपाधि जित्न सफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर