करण केसी ‘प्लेयर अफ द म्याच’

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदा अलराउण्ड प्रदर्शन गरेका करण केसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । नेपालले हिजो सोमबार स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दा करणले बलिङ र ब्याटिङ दुवैमा योगदान गरे।

१० ओभरमा ४३ रन खर्चेर उनले २ महत्तवपूर्ण विकेट लिएका थिए । ब्याटिङमा उनको प्रदर्शन झन् महत्त्वपूर्ण रह्यो । ठूलो लक्ष्य पछ्याएको टोलीका लागि उनले अर्धशतक बनाए। ४१ बलमा ३ चौका र ४ छक्कासहित नटआउट ६५ रन जोडे । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर