हामी देश छाडेर भाग्दैनौ, एक थोपा रगत भएसम्म लड्छौँ : राधिका शाक्य

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्यै नभाग्ने बताएकी छन् । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताएकी हुन् ।

मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा शाक्यले भनिन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौ, कतै जाँदैनौं पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।”

उनले आफूले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेर्न आउँछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउँदै भनिन्, “बालुवाटार घेर्छु भन्नेहरुको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेका छन्, चिनेका छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर