चीन र भारतमाथि चर्को शुल्क लगाउने अमेरिकी चेतावनी

काठमाडौं ।  अमेरिकाले रुसबाट तेल, ग्यास र पेट्रोकेमिकल खरिद गर्ने देशहरूलाई ५०० प्रतिशत ट्यारिफ लगाउने कडा चेतावनी दिएको छ। अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले युक्रेनको राजधानी कीभमा यसबारे स्पष्ट बयान दिएका छन्।

विशेषगरी भारत र चीनलाई लक्षित गर्दै उनले भनेका छन् कि यी दुई देशहरूले मिलेर रुसको ७० प्रतिशत तेल खरिद गरिरहेको अवस्थामा यसरी कडा कदम चाल्नु आवश्यक छ। रुसले भारत, चीन र रुस (आरआईसी) त्रिकोण पुनः सक्रिय गर्ने प्रयास गरिरहेका बेला अमेरिकाले यस्तो रणनीति अपनाएको हो।

साथै, यदि रुसले युक्रेनसँग शान्ति वार्ता गर्न अस्वीकार गर्यो भने, उसमाथि पनि ५०० प्रतिशत ट्यारिफ लगाउने योजना रहेको अमेरिकी सिनेटर ब्लुमेन्थल र लिन्डसे ग्राहमले बताएका छन्। अमेरिकामा रुसमाथि दबाब बढाउन नयाँ कानुन ल्याउने विषयमा छलफल भइरहेको छ। यसअन्तर्गत रुसबाट तेल, ग्यास, युरेनियम लगायतका वस्तु खरिद गर्ने देशहरूलाई ५०० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव छ। आगामी हप्ता अमेरिकी सिनेटमा यसबारे थप छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर