प्रतिनिधिसभाको बैठक भोलि १ः३० बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि १ः३० बजेसम्मका लागि स्थगित भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षी दलको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक आज बुधबार पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । बैठक सुरु हुना साथ विपक्षीले अवरोध सुरु गरेका थिए । त्यसपछि आधा घन्टाका लागि स्थगित बैठक पटक–पटक सरिए पनि सञ्चालन हुन सकेन । अन्ततः गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी राख्ने प्रतिपक्षीदलहरुको अडानका बीच सूचना टाँस गरेर भोलि १ः३० बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर