रास्वपाले जेठ १५ गतेको प्रतिनिधिसभामा अवरोध गर्ने संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताए ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मंगलबार पर्सि आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् । कार्यवाहक प्रवक्ता झाले त्यस दिनको रणनीति के हुने ? अहिले नै नभन्ने तर सहज अवस्था नहुने बताए ।
प्रतिक्रिया