हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत सङ्ग्रह गराउन सक्नुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनीतिक दलहरूले जनमत सङ्ग्रहबाट डराउन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत सङ्ग्रह गराउन सक्नुपर्नेमा जोड दिए ।

एक अर्के प्रसंगमा डा. कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर