कांग्रेस सभापति देउवाले आफू राजावादी नभएको स्पष्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे बोलेको भन्दै आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुख्सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘, “नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।”
लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकहरुलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि पौडेलले जनाएका छन् ।
प्रतिक्रिया