दिल्ली बाहिरियो, मुम्बई इन्डियन्स प्लेअफमा

काठमाडौं ।  मुम्बई इन्डियन्सले आईपीएल २०२५ को प्लेअफमा अन्तिम स्थान पक्का गरेको छ । बुधबार वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । दिल्ली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सूर्यकुमार यादव र नमन धिरको अन्तिम ओभरहरूमा आएको विष्फोटक ब्याटिङ तथा मिचेल स्यान्टनर र जसप्रित बुमराहको घातक बलिङ दुवैलेले मुम्बईलाई प्लेअफमा पुर्‍यायो। यता सिजनको सुरुवाती चार खेल जितेको दिल्लीले त्यसपछिका नौ खेलमध्ये दुई खेलमा मात्र जित हासिल गर्न सक्यो। मुम्बइले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १८.२ ओभरमा अलआउट हुँदै १२१ रनमै समेटियो । पावरप्लेमै दिल्लीको शीर्ष क्रम ध्वस्त भएको थियो । दिल्लीका लागि समीर रिज्वीले ३९ रन बनाउँदै सर्वाधिक रनकर्ता रहे।
कप्तान फाफ डु प्लेसिस ६ रनमा समेटिँदा केएल राहुल ११ रनमा आउट भए ।

विपराज निगमले २० रन तथा अंशुतोष शर्माले १८ रन जोडे । बलिङमा मुम्बई इन्डियन्सका मिचेल स्यान्टनर र जसप्रित बुमराहले समान तीनतीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन जोडेको थियो ।

पिचमा वर्षाको सम्भावनाका बीच पहिले ब्याटिङ गर्न उत्रिएको मुम्बई इन्डियन्स १३२ रनमा ५ विकेट गुमाएर केही दबाबमा थियो। तर, सूर्यकुमार यादव र नमन धिरले अन्तिम दुई ओभरमा ४८ रन जोडेर टोलीलाई १८० रनको सम्मानजनक योगफलमा पुर्‍याए। सूर्यकुमार ७३ रनमा अविजित रहे । धिरले ८ बलमा २४ रनको अविजित पारी खेले। दिल्लीका बलरहरूमा कुलदीप यादवले आफ्नो १०० औं आईपीएल विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर