असिम मुनीर फिल्ड मार्सलमा पदोन्नति

काठमाडौं ।  पाकिस्तानी सेना प्रमुख असिम मुनीरलाई फिल्ड मार्सलमा पदोन्नति गरिएको छ। जियो न्यूजका अनुसार प्रधानमन्त्री शाहबाज शरीफको मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । भारतविरुद्धको अपरेसन बुनयान–उम–मार्सुसको समयमा सेनाको नेतृत्व गरेकोमा मुनिरलाई पदोन्नति गरिएको हो। पाकिस्तानमा असिम मुनीरभन्दा पहिले सन् १९५९ मा सैन्य तानाशाह अयुब खानले आफूलाई फिल्ड मार्सल घोषित गरेका थिए ।

फिल्ड मार्सल पाकिस्तानी सेनाको सर्वोच्च सैन्य पद हो, जसलाई पाँच–तारे पद मानिन्छ। यो पद जनरल (चार तारा) भन्दा माथि छ। पाकिस्तानमा, फिल्ड मार्सलको पद सेना, नौसेना र वायुसेनामा सबैभन्दा उच्च पद हो । पाकिस्तानमा यो श्रेणी विशेष परिस्थितिहरूमा मात्र दिइन्छ। पाकिस्तानका पूर्व सेना प्रमुख जनरल राहिल शरीफलाई फिल्ड मार्सलको दर्जा दिन माग गरिएको थियो । यस सम्बन्धमा इस्लामाबाद उच्च अदालतमा पनि निवेदन दायर गरिएको थियो ।

जनरल शरीफलाई उनको राम्रो कामको आधारमा यो पद दिनुपर्ने भनिएको थियो। यद्यपि, अदालतले यस विषयमा कुनै पनि निर्देशन दिने अधिकार क्षेत्र नभएको भन्दै निवेदन खारेज गर्‍यो । पाकिस्तानको कानुन अनुसार, फिल्ड मार्सलसँग कुनै अतिरिक्त संवैधानिक अधिकार भने हुँदैन । फिल्ड मार्सलको नियुक्तिको लागि प्रधानमन्त्री, राष्ट्रपति र रक्षा मन्त्रालयको सहमति आवश्यक पर्दछ । यसबाहेक, सर्वोच्च अदालत वा उच्च अदालतबाट पनि संवैधानिक आदेश आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर