थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १ सय ५९ रनको लक्ष्य दिएको छ । टेर्डथाई क्रिकेट मैदानमा टस हारेको थाइल्याण्डले २ विकेट गुमाएर नेपाललाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए । नेपालले बलियो टोली थाइल्याण्डलाई आजसम्म हराउन सकेको छैन ।
प्रतिक्रिया