स्पेनिस क्लब बार्सिलोनाले २८औँ पटक ला लिगाको उपाधि जित्यो

काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोनाले २८औँ पटक ला लिगाको उपाधि जितेको छ । लामिन यमालले उत्कृष्ट प्रदर्शन गरेको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोना च्याम्पिएन बनेको हो । खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल गर्दै उपाधि रक्षा गरेका हुन् ।

दुई खेल बाँकी हुँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अङ्कले पछि छाडेको छ । अहिलेको विश्वका सबैभन्दा रोमाञ्चक युवा खेलाडी यमालले गरेको गोल भने साँच्चै उत्कृष्ट थियो । प्रशिक्षक हान्सी फ्लिकको निगरानीमा पहिलो सिजन खेली रहेको बार्सिलोनाले तीन वटा घरेलु उपाधि जितेको छ । यसअघि कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि बार्सिलोनाले जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर