अमेरिकाको प्रमुख कूटनीतिक सफलता

काठमाडौं । भारत पाकिस्तानबिच हिजो हनिबार साँझ भएको युद्ध विरामको चार घन्टाभित्र पाकिस्तानले उल्लंघन गरेता पनि भारतीय समयानुसार राति १० बजेदेखि सीमावर्ती क्षेत्रमा शान्ति रहेको बताइएको छ । भारत र अमेरिकी अधिकारीहरूको ठूलो प्रयत्नपछि पाकिस्तानी पक्षलाई युद्ध विराम लागू गर्न वाध्य बनाइएको थियो ।

यसैबीच अमेरिकाले भारत र पाकिस्तानबीच युद्धविरामको घोषणालाई आफ्नो प्रमुख कूटनीतिक सफलताको रूपमा वर्णन गरेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको दृष्टिकोण र उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको कडा परिश्रमको परिणाम भएको बताइन्।

ब्रुसले भने, ूयो एउटा सुन्दर साझेदारी थियो। यो सबै राष्ट्रपति ट्रम्पको दृष्टिकोण र निर्देशनका कारण सम्भव भएको हो। हाम्रा उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोले पछिल्लो ४८ घण्टामा निरन्तर वार्ता गरे र परिणामस्वरूप यो शान्ति सम्झौता भयो।ू उनले यो बयान एक अमेरिकी च्यानलमा दिएका हुन्। युद्धविराम घोषणा भएको केही घण्टापछि नै जम्मू कश्मीरको श्रीनगरमा ठूलो विस्फोट सुनिएको दाबी गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर