स्कटल्याण्ड जाने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्डमा हुने सिरिज खेल्ने टिमको घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, गुलशन झा,  बसिर अहमद, आरिफ सेख, सन्दीप लामिछाने, ललित राजबंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, र रिजन ढकाल रहेका छन् ।

त्यस्तै विश्वकप लिग-२ सिरिज पछि हुने टी-२० सिरिजका लागि यस टिममा तीन खेलाडी जोडिने छन् । जसमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह रहेका छन् । नेपालले स्कटल्याण्डमा लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डससँग जुन २ देखि १२ सम्म चार वटा खेल खेल्दै छ भने त्यसपछि टी-२० सिरिज खेल्ने छ । टी-२० सिरिज जुन १५ देखि २० सम्म खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर