आईपीएलको खेल रद्द, पीएसएल यूएईमा सारियो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल रद्द भएको छ भने पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा सारिएको छ । आईपीएलअन्तर्गत बिहीबार राति हिमाँचल प्रदेशको धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पञ्जाब सुपर किङ्सबीचको खेल रद्द भएको हो ।
प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जनाएको ५ । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र बलेको थियो । यता आईपीएलका एक अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मू क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया