“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए

काठमाडौं ।  भारतका संसदीय कार्यमन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ जारी रहेको बताएका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बिहीबार बिहान नयाँदिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेशन सिन्दूर जारी रहेकाले यसबारेमा विस्तृत विवरण अहिलेको परिस्थितिमा दिन नमिल्ने बताए । बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भने, ‘अपरेशन सिन्दूर एक निरन्तर अपरेशन हो।’

उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको सर्वदलीय बैठक राम्रोसँग सम्पन्न भएको जानकारी दिँदै बैठकमा सबैले गम्भीरतापूर्वक आ-आफ्नो विचार राखेको बताए।

उनले अगाडि भने, ‘सबैभन्दा पहिले रक्षामन्त्रीले अपरेशन सिन्दूरबारे सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले उनीहरूलाई सम्पूर्ण परिस्थिति र सरकारको मनसायबारे बताउनुभयो विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’
रिजिजुले सबै नेताले भारतीय सेनाको हरेक कार्यमा समर्थन रहेको बताएको दाबी गरेका छन्।

गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना हिन्दू धर्मावलम्बी मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो। जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्। जवाफमा हिजो बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

यसैबीच सन् १९९९ मा काठमाडौंबाट इन्डियन एअरलाइन्सको विमान अपहरण गरी कान्दाहार लाने काममा संलग्न अन्तर्राष्ट्रिय आतकंकारी मसूद अजहरका नातेदार रउफ अजहर हिजोको भारतीय कारवाहीमा मारिएको पसष्टि भएको छ । अजहर मारिएको उनको मुस्लिम पराम्पराअनुसार संस्कार गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । यस समाचारको पुष्टि कतिपय भारतीय मिडियाले पनि गरेका छन् ।

भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी

यसैगरी पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर शहरमा एक भारतीय ड्रोन खसालेको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो । उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा) नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर