भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण

काठमाडौं ।  भारतका विदेश सचिव विक्रम मिश्रीले आज एक पत्रकार सम्मेलनमा पहलगाममा हालै भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणलाई कायरतापूर्ण कार्यको रूपमा वर्णन गर्दै उनले यसको उद्देश्य जम्मू कश्मीरको शान्ति भंग गर्नु र साम्प्रदायिक सद्भाव बिगार्नु रहेको बताए। यसका साथै उनले भारतको यो कार्य गैर-उत्तेजक, विल्कुल नाप–तौल गरिएको र जिम्मेवार रहेको बताए।
भारतको विदेश मन्त्रालयद्वारा आज ओजित पत्रकार सम्मेलनमा अपरेशनको बारेमा जानकारी दिँदै कर्नेल सोफिया कुरेशीले भनिन् कि “यो मंगलबार राति १ः०५ बजे सुरु भएको थियो र लगभग आधा घण्टासम्म चलेको थियो। यस अवधिमा, नौ आतंकवादी लुक्ने ठाउँहरू सफलतापूर्वक नष्ट गरियो। उनले भनिन्, “पाकिस्तानले विगत तीन दशकमा आतंकवादका कारखाना स्थापना गरेको छ।”

पत्रकार सम्मेलनमा विङ कमाण्डर व्योमिका सिंहले भनिन् “अपरेशन सिन्दूर” ठोस गुप्तचर जानकारीको आधारमा गरिएको थियो। यस कारबाहीमा, मुजफ्फराबादमा रहेको लश्कर–ए–तैयबा तालिम केन्द्रलाई निशाना बनाइएको थियो, जहाँ पहलगाम आक्रमणका आतंककारीहरूले तालिम लिएका थिए। थप रूपमा, सियालकोटमा रहेको बर्नाला क्याम्प र महमूना क्याम्प पनि भत्काइयो। उनले यसलाई आतंककारीहरूको “मेरुदण्ड भाँच्ने” कार्यको रूपमा वर्णन गरिन्।

विदेश सचिव विक्रम मिश्रीले फेरि एक पटक पाकिस्तानलाई आतंककारीहरूको लागि “सुरक्षित आश्रय” भनेर आलोचना गरेका छन् र यसले उनीहरूलाई सजाय नदिई उम्कन अनुमति दिएको बताए । उनले आजको सैन्य कारबाही पहलगाम आक्रमणको प्रतिक्रियामा भएको र कुनै पनि हिसाबले उत्तेजक नभएको तर न्याय सुनिश्चित गर्न आवश्यक रहेको पत्रकार सम्मेलनमा स्पष्ट पारे। पत्रकार सम्मेलनमा भारतीय सेनाले हिजो रातिको आक्रमणमा कुनै नागरिक र पाकिस्तानी सेनाको भौतिक सम्पत्तिमाथि क्षति नपुगेको बताए ।

म पनि मरेको भएको राम्रो हुन्थ्यो : मसूद अजहर

हिजो राति भएको भारतीय हवाई आक्रमणमा खुंखार पाकिस्तानी आतंकवादी मसूद अजहरको पूरै परिवार सखाप भएको छ । उक्त आक्रमणमा मसूदको परिवारको एक भाइ र एक बहिनीसहित १० जना मारिएको छ । यस घटनाको स्वयं मसूदले पुष्टि गर्दै भने, “ म पनि मरेको भएको राम्रो हुन्थ्यो । मलाई दुःख लागिरहेको म केही भन्न सकिन्न । मेरा परिवारका १० जना अल्लातलाको दरवारमा गएका छन् । म यस आक्रमण भारतलाई कडाभन्दा कडा जवाफ दिनेछौं ।” यस समाचारको भारतीय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ प्रसारण गरेका छन् । मसूद अजहर काठमाडौैंबाट इन्डियन एअरलाइन्सको अपहरणमा संलग्न प्रमुख पात्र एवं संयुक्त राष्ट्रसंघद्वारा घोषित आतंककारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर