इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानले स्थान बनाएको छ । घरेलु मैदानमा इन्टरले स्पेनिस क्लब बार्सिलोनामाथि सेमिफाइनलको दोस्रो लेगमा ४-३ ले पराजित गर्दै समग्रमा ७-६ को जितका साथ फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा जस्तै दोस्रो लेगमा पनि इन्टरले शानदार सुरुआत गरेको थियो। १२औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै खाता खोलेका थिए भने पहिलो हाफको अन्त्यतिर हाकान चाल्हानोलुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए।

तर दोस्रो हाफमा बार्सिलोनाले चमत्कारिक पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनायो। ५४औं मिनेटमा एरिक गार्सियाले गोल गरेपछि, ६०औं मिनेटमा डानी ओल्मोले बराबरी ल्याए। खेलको ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई समग्रमा ६-५ को अग्रता दिलाए।

तर इन्टरले हार स्विकारेन। ९०+३ औं मिनेटमा ३७ वर्षीय डिफेन्डर फ्रान्चेस्को एसर्बीले निर्णायक क्षणमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लगे। त्यसपछि ९९औं मिनेटमा डाभिडे फ्रात्तेसीले गोल गर्दै इन्टरलाई फेरि अग्रता दिलाए । जुन अन्ततः निर्णायक सावित भयो।

अब इन्टरले आगामी च्याम्पियन्स लिग फाइनलमा आर्सनल वा पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ, भने बार्सिलोनाले यो हार भुलेर आउँदो सप्ताहन्तमा एल क्लासिको को तयारी गर्नुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर