पाकिस्तानमाथि भारतको आक्रमण, नौ वटा आतंकवादी अखडा ध्वस्त

काठमाडौं ।  पहलगाममा पाकिस्तान समर्थित आतंकवादीले २८ जना हिन्दू धर्मावलम्बीमाथि गरेको पाशविक र नृशंस हत्याको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका (आतङ्कवादी अड्डाहरू) मा हिजो मंगलबार राति मिसाइल हमला गरेको छ ।

पाकिस्तानको बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादलगायत नौ स्थानमा रहेको जैस-ए-मोहम्मद र तश्कर-ए-तोयवा समर्थित आतंकवादी अखडामा राफेल लडाकु विमानमार्फत स्काल्प मिसाइल हानेर पूर्णतया: ध्वस्त बनाएको भारतले दावी गरेको छ । भारतले यस हमलालाई ‘अपरेशन सिन्दूर’ को नाम दिइएको छ ।

गत अप्रिल २२ तारिखका दिन कश्मीरस्थित पहलगाममा घुम्न गएका २८ जना पुरुष पर्यटकलाई आतंकवादीले उनीहरूको पत्नीको अगाडि गोली हानेर मारेका थिए । जसमा एक नेपाली बुटवल निवासी सुदीप न्यौपानेलाई पनि हिन्दू भएकाले मारेका थिए । भारतले आतंकवादीहरूले आफ्ना पतिको हत्या गरेर सिन्दूर मेटाउने कार्य गरेकाले अहिलेको आक्रमणको नाम “अपरेशन सिन्दूर” राखिएको हो ।

पाकिस्तानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको भारतको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । घटनाका सम्बन्धमा आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन् । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

तीन बालबालिकासहित सात जनाको ज्यान गएको पाकिस्तानको दावी

आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन्।

ख्वाजा आसिफले बीबीसी उर्दुसँग भनेका छन्, ‘हेर, उनीहरू (भारत) ले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु( सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन्।’

‘एक बच्चा सहिद भएका छन् । एक महिला शहीद भएकी छन्। मसँग शहीदको पछिल्लो तथ्यांक छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।’ पाकिस्तानी सेनाले भने भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

भारतीय विमानका उडानहरू रद्द

एअर इन्डियाले जम्मु, श्रीनगर, लेह (भारतीय कश्मीर, जामनगर, राजकोट, भुज (गुजरात, र अमृतसर (पञ्जाब) सहित ९ शहरमा हुने सबै उडानहरू रद्द गरेको घोषणा गरेको छ। एअररलाइन्सका अनुसार यो निर्णय बुधबार मध्याह्नसम्मका लागि लागू हुनेछ, र त्यसपछि सम्बन्धित निकायहरूबाट थप सूचना पर्खिनेछ।

मोदीको रातभर ध्यान ‘अपरेशन सिन्दूर’ मा 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’ मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल भएको प्रतिक्रिया समेत दिएका छन् । भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको हो ।

‘अपरेशन सिन्दूर’का कारण हवाई उडानहरु अस्तव्यस्त भए । इंडिगो एअरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरु डिले गरिएको छ ।

पाकिस्तानमाथि भारतले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर