राजावादीहरूले चाँडै आन्दोलन गर्ने
काठमाडौं । संयुक्त जनआन्दोलन समिति (राजसंस्था पुनर्स्थापना) ले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सोमबार बसेको समितिको बैठकले चाँडै आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने पार्टीका उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया
