ट्रम्पको यो पोप अवतार !

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्रामबाट पोपको रूपमा डोनाल्ड ट्रम्पको एआई तस्बिर सार्वजनिक गरेपछि क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका छन्। ट्रम्पले पोस्ट गरेको तस्बिरमा सेतो पोसाक र टोपी लगाएका छन्। उनको घाँटीमा ठुलो क्रस छ भने गम्भीर तरिकाले एउटा औँला उठाएर उभिरहेका छन्।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पले आफूहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ। केही दिन अघि ट्रम्पले ठट्टा गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु।’

ट्रम्प यस्ता आरोपहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन्। एक वर्षअघि पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्‍यालीमा ‘क्रसको चिन्ह’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए। भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्बिरमा कुनै टिप्पणी गरेका छैनन्। पोपको उत्तराधिकारीको निर्वाचनको प्रक्रिया बुधबारदेखि भ्याटिकनमा सुरु हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर