बेंगलोरु आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । रोयल च्यालेन्जर बेंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा पुगेको छ । शनिबार राती भएको सनसनीपूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो ।

२१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो । चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्र सिंह धोनीको विकेट लिएका थिए ।

तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए । उनले छक्का प्रहार गरेको बल नोबल थियो । अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो । त्यस पछिको तीन बलमा पनि दयालले तीन रन मात्र खर्चिए । सनसनीपूर्ण अन्तिम ओभरमा चेन्नई चुक्दा आरसिबीले दुई रनको जित निकालेको हो ।

चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र पाँ छक्का प्रहार गरे । रविन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे । आरसिबीका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो । बंगलोरका ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे । सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे । उनले ६ छक्का र ४ चौका हिर्काएका थिए । उनले खालेल अहमदको एकै ओभरमा ३३ रन प्रहार गरेका थिए । आरसिबीले अन्तिम दुई ओभरमा ५१ रन जोडेको हो ।

आरसिबीका लागि बेथेल र कोहलीले पावर प्लेमा कुनै विकेट नगुमाई ७१ रन जोडेका थिए । कोहलीले ६२ तथा बेथेलले ५५ रन जोडे । चेन्नाइका माथेस पाथिरनाले तीन विकेट लिए । तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा छ । चेन्नई भने चार अङ्कसहित पुछारमा छ । चेन्नाई यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर