म्यानचेस्टर युनाइटेडले एथ्लेटिकलाई ३-० ले हरायो

काठमाडौं । युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक बिल्बाओलाई उसको घरेलु मैदान सान मामेसमा ३-० ले पराजित गरेको छ। पहिलो हाफको अन्त्यतिरको सनसनीपूर्ण प्रदर्शनको आधारमा युनाइटेडले फाइनलतर्फ एक ठुलो पाइला चालेको छ।

खेलको सुरुवाती ३० मिनेटसम्म घरेलु टोली बिल्बाओ आक्रामक देखिएको थियो। इनाकी विलियम्स र बेरेन्गेरले युनाइटेडको पोस्टमा चुनौतीपूर्ण प्रहार गरे पनि गोल गर्न सकेनन्। तर त्यसपछि खेलले मोड लियो।

३०औं मिनेटमा कासेमिरोले हेडमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। त्यसको केही मिनेटमै, भीएआरको सहायताले रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिनुका साथै भिभियनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टी सफलतापूर्वक परिणत गरे।

पहिलो हाफको इन्जुरी टाइमअघि उगार्टेको उत्कृष्ट पासमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाई ३-० मा पुर्‍याए। पहिलो हाफको अन्त्यसम्म बिल्बाओ १० खेलाडीमा सीमित भइसकेको थियो।

यो नतिजासँगै युनाइटेडले फाइनल पुग्ने बलियो सम्भावना बनाएको छ। अर्को सेमिफाइनलमा टोटनह्यामले बोडो ग्लिम्टलाई हराएको छ, जसले गर्दा सम्भावित रुपमा एक ‘अल-इङ्लिस फाइनल’ हुने सम्भावना बढी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर