अमेरिका-युक्रेन वार्ता भंगपछि रुसी नेताले भन्यो : जेलेन्स्की “अहंकारी सुँगुर”

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिका भ्रमण विवादमा परेको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको तातो बहसले विश्वको ध्यानाकर्षण भएको छ । ट्रम्पले ओभल अफिसमा जेलेन्स्कीलाई करोडौं मानिसको जीवनसँग खेलवाड गरेको आरोप लगाएका थिए । अब यो मामिलामा रुस पनि उफ्रिएको छ ।
रुसको कडा प्रतिक्रिया
पूर्वरुसी राष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले जेलेन्स्कीमाथि ट्रम्पको प्रहारप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । “अहंकारी सुँगुरले ओभल अफिसमा एक राम्रो थप्पड पायो। ट्रम्प सही छ, किभ शासन तेस्रो विश्व युद्धसँग जुवा खेलिरहेको छ”, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखे। मेदवेदेव यहाँ रोकिएनन्, उनले भने, “पहिलो पटक ट्रम्पले कोकेन जोकर (जेलेन्स्की) लाई आफ्नो अनुहारमा सत्य बताउनुभयो। कृतघ्न सुँगुरले आफ्ना ह्यान्डलरहरूबाट कडा थप्पड खायो। तर यो पर्याप्त छैन, हामीले यो नाजी मेसिनलाई सैन्य सहायता दिन बन्द गर्नुपर्छ।”
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पनि ट्रम्पको प्रशंसा गर्दै जेलेन्स्कीलाई ‘क्रक’ भनेकी छन् । उनले भने,“ट्रम्प र भान्सले आफूलाई त्यो बदमाशलाई आक्रमण गर्नबाट कसरी रोके? यो संयमको चमत्कार हो ।”
युरोपीय नेताहरूको जेलेन्स्कीलाई समर्थन
यसैबीच युरोपेली नेताहरूले जेलेन्स्कीको समर्थनमा बयान दिएका छन्। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मेर्ज, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलगायत धेरै नेताहरूले जेलेन्स्कीलाई समर्थन गरे र रुसविरुद्ध ऐक्यबद्धता देखाए। यो घटनालाई लिएर अमेरिकामा दुई ध्रुवीय प्रतिक्रिया देखिएको छ । ट्रम्प समर्थकहरूले यसलाई ‘अमेरिका फर्स्ट’ को जीत भनेका छन् भने धेरै डेमोक्रेटिक सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गरेका छन्।