नेपालसँग मलेसिया ४५ रनमा अलआउट

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालविरुद्ध मलेसिया ४५ रनमा अलआउट भएको छ । जोहोर क्रिकेट एकेडेमीमा जारी खेलमा मलेसिया १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भएको हो ।
मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । यस्तै, रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।
प्रतिक्रिया