एनपीएलमा आज दुई खेल हुँदै
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच हुनेछ ।
त्यस्तै दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।
प्रतिक्रिया
