श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल समूह विजेता

काठमाडौं । जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंका माथि ६-० गोल अन्तरले जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुग्ने लक्ष्य बनाएको नेपाल श्रीलंकाविरुद्ध एकपक्षीय रुपमा हाबी देखियो । यो जित संगै ७ अङ्क जोडेको नेपाल समूह बीको शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

नेपालको जितमा रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, सवीता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल गरे । समूह बी कै आजै भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेपछि नेपालले शीर्ष स्थानमा रहन श्रीलंकालाई कम्तिमा पनि ६ गोल अन्तरले हराउनै पर्ने थियो । समूह ए बाट बंगलादेश र भारत सेमिफाइनल पुगिसकेका छन् । अब फाइनल चरण प्रवेशका लागि अन्तिम चारमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा भुटान र बंगलादेशबीच खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर