भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

काठमाडौं । भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ । दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँ भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक हुनुहुथ्यो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर