जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । जापानको दक्षिणी क्षेत्रमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको छ । जापानी टिभी एनएचके वर्ल्डका अनुसार भूकम्पपछि जापानको मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले निर्देशन जारी गर्दै भूकम्पसँग नडराई बचाउ र राहत कार्यमा जुट्न आह्वान गरेका छन् ।
प्रतिक्रिया
