कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं ।  कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए ।

यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ । यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर