रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्यो

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा शनिबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै ४ खेलअगावै उपाधि पक्का गरेको हो।

रियलको यो ३६औँ ला लिगा उपाधि हो। जारी सिजन ४ खेल खेल्न बाँकी रहँदा रियलको ८७औँ अंक रहेको छ। दोस्रो स्थानमा जिरोना ३४ खेलबाट ७४ अंक जोड्दै शीर्ष दुईमा रहेको छ। जिरोना र रियलबीच १३ अंको दूरी रहेको छ।

समान खेलबाट ७३ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा छ। खेलको ५१औँ मिनेटमा लुका मोड्रिचले मिलाइदिएको पासमा गोल गर्दै ब्राहिम डियाजले रियललाई शुरूआती अग्रता दिलाए। ६८औँ मिनेटमा जुड बेलिङ्घमले अग्रता दोब्बर बनाए। उनले डियाजको पासमा गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा नाचो फर्नान्डेजले दिएको पासमा जोसेलुले गोल गर्दै रियलको उपाधि पक्का गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर