मुख्यमन्त्री चौधरीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । लुम्बिनी प्रदेशमा एमाले–माओवादी गठबन्धनबाट सरकार गठन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर