उप-निर्वाचनका लागि कांग्रेसका उम्मेदवार तय

काठमाडौं । नेपाली कांग्रेसले उप–निर्वाचनकालागि उम्मेदवारको नाम टुंग्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानलीकण्ठमा बिहीबार बसेको संसदीय बोर्डको बैठकले इलाम–२ मा यसअघि कै उम्मेदवार डम्बर खड्का र बझाङ प्रदेशसभा १ का लागि अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप–सभापति धनराज गुरुङले जानकारी दिए ।

यसअघि हिजो बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ । वैशाख १५ मा हुने उप–निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर