एमाले आवश्यकता परे सरकारमा जाने नेता ओलीको संकेत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् । संसद् भवनमा आइतबार पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको पनि दोष लगाए ।
अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणी गर्दै ओलीले भने, “सरकारले देशको अर्थतन्त्र ओरालो लगाएको र अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ ।’
देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर २०४८ सालमै असफल भइसकेको सिद्धान्त फेरि लागू गर्न खोज्नु उपयुक्त नरहेको उनले विवेचना गरे । ओलीले आवश्यकता परेमा एमाले सरकारमा जतिबेला पनि जान सक्ने सांसदहरुलाई जानकारी गराएका थिए ।
