केन्यामा आगलागीबाट दुईजनाको मृत्यु
काठमाडौं । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन् ।
सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन्, “विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारीसाधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ ।”
“फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पु-याएको छ”, उनले भने, “घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ ।
