इंग्लिस प्रिमियर लिग: टोटनह्याम र फुलह्याम विजयी

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा एफसी बर्नमाउथलाई हराउँदै टोटनह्याम हटस्परले जित हात पारेको छ। आइतबार राति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

पेपे माटर सर्रले गोल गर्दै टोटनह्यामलाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको ७१ औँ मिनेटमा सन हियुङ मिनले र ८० औँ मिनेटमा रिचार्लिसनले गोल गरेपछि टोटनह्याम ३–० ले जित निश्चित गरेको थियो। खेलको ८४ औँ मिनेटमा एलेक्स स्कटले गोल गरे पनि बर्नमाउथले हार टार्न सकेन।

जितका साथ टोटनह्याम ३९ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। बर्नमाउथ भने २५ अंकका साथ १२ औँ स्थानमा छ। यस्तै, आइतबार नै सम्पन्न अर्को खेलमा आर्सनल फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको छ। यसअघिको खेलमा पनि आर्सनल वेस्टह्याम युनाइटेडसँग पराजित भएको थियो। फुलह्यामविरुद्ध आर्सनलले शुरूआती अग्रता लिए पनि जित हात पार्न सकेन।

खेलको पाँचौँ मिनेटमा गोल गर्दै बकायो साकाले अग्रता दिलाए। तर, २९ औँ मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए। यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २–१ ले अघि बढाए। त्यसपछि थप गोल नहुँदा फुलह्याम २–१ गोल अन्तरले विजयी भयो। आर्सनल ४० अंकका साथ चाैथो स्थानमा छ। जितपछि फुलह्याम २४ अंकका साथ १३ औँ स्थानमा उक्लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर